दफा २५
पक्राउ नगरी वा हिरासतमा नराखी अनुसन्धान गर्नु पर्ने
: (१) कसुरसँग सम्बन्धित कुनै व्यक्तिलाई पक्राउ गर्न पर्ने मनासिव आधार नदेखिएको अवस्थामा अनुसन्धान अधिकारीले पक्राउ नगरी अनुसन्धान गर्नु पर्नेछ ।
(२) कैदको सजाय नहुने कुनै कसूरको अनुसन्धान गर्नु पर्दा सोसँग सम्बन्धित व्यक्तिलाई हिरासतमा नराखी अनुसन्धान गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम हिरासतमा नराखि अनुसन्धान गर्नु पर्दा आवश्यकता अनुसार त्यस्तो व्यक्तिसँग धरौट, जमानत वा कुनै माथवर व्यक्तिको जिम्मा जमानीमा छाडन सकिनेछ।